तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर-नेपालगन्ज सडकखण्ड दुर्घटना, २ जनाको मृत्यु, २६ घाइते

बाँके । बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत गनापुरमा बिहीबार बिहान भएको  बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा पुर्‍याइएको छ। प्रहरी स्रोतका अनुसार घाइतेहरूको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको छ। 

दुर्घटना स्थानीय गनापुरस्थित नमस्ते रिसोर्ट अगाडिको सडकमा भएको हो। स्थानीयका अनुसार सडक क्रस गर्न लागेको मोटरसाइकललाई बचाउने क्रममा बस अनियन्त्रित भई पल्टिएको थियो। घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ भने उद्धार कार्य जारी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button