तपाईँ सुन्दै हुनुहुन्छः

उन र नुनको सम्बन्ध, कोरोना आएपछि बन्द

कहिले खुल्ने हुन् त उत्तरी नाका नाक्चे लाक्ना ?

मुगु  (गमगढी)  । मुगुको  उत्तरी व्यापारिक  नाका नाक्चे लाक्ना खुल्ने कुरा  अन्योलमा परेको छ ।  कोरोना समयमामा बन्द भएका नेपालका १४ ओटा  व्यापारिक नाका हालसम्म नखोल्दा   व्यापारी लगायत  सीमा आसपासका नागरिकहरूलाई समस्या भएको छ ।  

मुगु  लगायत  नेपालका १४ ओटै परम्परागत उत्तरी  व्यापारिक  नाका   खोल्ने तयारी भएको खबर सरकारी  स्तरबाट बाहिर आएपनि  नाका कहिले खुल्ने  हो रु  कुनै टुङ्गो  नभएको मुगुम कार्मारोङ गाउँपालिकाका  अध्यक्ष छिरिङ क्याप्ने  लामाले   बताउनु भयो ।  

उहाँले भन्नु भयो  ‘ गत बर्ष पनि  उत्तरी नाक्चे लाग्ना नाका खुल्ने  हल्ला व्यापक भयो तर अन्तिममा नाका खुलेन सबै करान बासी निराश हुनु पर्‍यो यो बर्ष  पनि हल्ला चलेको छ  के हुने हो विश्वास त लाग्दैन’ लामाले भन्नु भयो  ।  

यस  बर्ष  नाका खुल्ने हल्ला त सुनेको छु तर आधिकारिक जानकारी कतैबाट पनि नआएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताउनु भयो ।

 उहाँका  अनुसार चिनियाँ हाट बजारमा जाने व्यापारी तथा  अन्य सर्व साधारण हरूको   सहजताको गत बर्ष   ४ सय थान  परिचय( पत्र समेत  व्यवस्था  गरिएको भएपनि  नाका नखुल्दा प्रयोगमा नआएको  प्रजिअ केसीले जानकारी दिनुभयो ।  

कोरोना महामारीको  समय देखि हालसम्म यो नाका बन्द हुँदा सिङ्गो कार्मारोङ गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य बस्तुको  व्यवस्थापन गर्न कठिन  हुने गरेको छ ।

विगतमा चिनले हरेक वर्ष असार र साउनमा उत्तरी नाका नाक्चेनाङ्ला खोल्ने गरेको थियो । भने सिमानाकाका बासिन्दाहरूलाई राहात स्वरूप निःशुल्क  दैनिक उपभोग्य सामाग्री हरू वितरण समेत गर्दै आएको थियो ।

त्यसबेला कार्मारोङ गाउँपालिका भित्रका १७ वटा बस्तीका बासिन्दा खाद्य बस्तु किनमेल गर्न तिब्बत पुग्थे । एक पटक उताबाट सामान ल्याएपछि त्यसले वर्ष दिन सम्मको  काम चल्ने गर्दथ्यो ।  तर कोभिड महामारीयता जीवन  कष्टपूर्ण वनेको मगुम कार्मारोङ गाउँपालिका वडा नं -७  का  स्थानीय  लाक्पा लामाले बताउनु भयो । । उहाँका अनुसार “यस बर्ष जसरी भए पनि यो नाका खोल्नु पर्छ  नत्र सारै समस्या हुनेछ । हामी  कार्मारोङका बासिन्दा हाट खुल्ने दिन कुरेर बसेका छौ ” ।

लामो समय देखी उत्तरी नाका बन्द हुँदा जडीबुटी देखि स्थानीय उत्पादनले समेत उचित मूल्य नपाएको उनको गुनासो छ । यार्सागुम्बा समेतको मूल्य अन्यत्र भन्दा तिब्बतमा राम्रो पाईने गरेको छ लामाले भन्नुभयो ।

पहिले वन क्षेत्रमा सङ्कलन हुने अतीस, कटुकी, वनलसुन, यार्सा लगायत जडीबुटी तिब्बतमा निर्यात हुने गर्थ्यो भने अहिले नाका बन्द हुँदा जडीबुटी स्थानीयले गाउँ देखी घोडा खच्चर मार्फत बोकाएर गमगढी ल्याउने र त्यहाँबाट गाडीमा राखेर नेपालगञ्ज हुँदै भारतसम्म पुर्‍याएर सस्तोमा बेच्नु पर्ने बाध्यता रहेको व्यापारीहरूको गुनासो छ ।

पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने नुन, तेल, चामल, मैदा, चियापत्ती,  छुर्पी  लुगा लत्ता विद्युतीय सामाग्री ल्याएर उपभोग गर्न बानी परेका कार्मारोङका स्थानीयलाई अहिले  खान पानमा सारै समस्या  भएको छ । 

गमगढी लगायत अरू स्थानमा भनेको जस्तो सर सामान नपाउँदा   आफूहरूलाई  नमजा  लाग्ने गरेको स्थानीय बासी  पात्मा नुर्बु  लामाले बताउनु भयो ।

तिब्बती नाका बन्द हुँदा हामीलाई अहिले सारै दुख छ मह गाउँकी  पासङ्लामु लामाले भन्नु भयो, “दुई दिन हिँडेर गमगढी पुगेर नुन, चामल तेल ल्याएर खानु परेको छ” ।

उनका अनुसार तिब्बत जाँदा भनेको जस्तो सस्तो र सुलभमा  सामान खरिद बिक्री गर्न  पाईने र ढुवानी  गर्न समेत नजिक  पर्ने गरेको छ  भने स्थानीय बस्तुको बजार मूल्य समेत तिब्बतमा राम्रो पाइने अवस्था रहेको छ ।

मुगु लगायत नेपालका १४ ओटै चिन सँग सीमा जोडिएका उत्तरी नाका खुलाउनको लागि चिन सरकार सहमत भएको  खबर परराष्ट्र मन्त्रालयमा आएको र    यो वर्ष साउन  अन्त सम्म  नाका खोल्ने निश्चित भएको प्रतिनिधिसभाका सदस्य ऐनबहादुर शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button