तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलामा रु एक हजार छ सयले बढ्यो

काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । 

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ  ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button