तपाईँ सुन्दै हुनुहुन्छः

फरार प्रतिवादी पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

बाँके । बाँकेको डुडुवा गाउँपालिका– ६ सिख्खन पुरुवामा डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।

डाँका चोरी मुद्दामा फरार सिख्खन पुरुवाका ५५ वर्षीय सन्नाम भनिने सरमानसिंह सरदारलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज बिहान स्थानीयबासीले ढुङ्गा मुढा गरेका थिए ।

सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुङ्गा मुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोली लागेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का एक स्थानीय रहेका छन् । स्थानीयको इट्टा प्रहारबाट एकजना वरिष्ठ प्रहरी हवलदार गम्भीर घाइते भएको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीको कमाण्डमा ठूलो प्रहरी टोली सरदारलाई पक्राउ गर्न बिहीबार बिहानै सिख्खन पुरुवा पुगेको थियो । तीनै जना घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button