तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस र एमालेबिचको समीकरण गणतन्त्रको सुद्धिढिकरण र संविधान पुनरावलोकनका लागि: महामन्त्री थापा

फाइल तस्बिर

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको समीकरण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुद्धिढिकरण र संविधानको पुनरावलोकनका लागि भएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले लोकतान्त्रिक गणतन्त्रको सुद्धिढिकरण,समानुपातिक प्रतिनिधित्व,समावेशी लोकतन्त्र  धार्मिक स्वतन्त्रता, मुलुकको आर्थिक सामाजिक विकासका लगायत सबै कुरालाई थप सुद्धिढ बनाउन संविधानको पुनरावलोकन आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसको नेतृत्वमा वनेको यो संविधान जोगाउने दायित्व काँग्रेसको भएकाले संविधान तलमाथि हुन्छ भन्ने आशङ्का नगर्न उहाँले आग्रह गर्नुभयो । 

 विगत  सात-आठ वर्षमा देखिएको संघ तथा प्रदेश सरकारको राजनीति अस्थिताका कारण मुलुकले गति  लिन नसकेको अवस्थामा निर्वाचन प्रणालीमा सुधार गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न पनि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको उहाँले प्रष्ट पार्नुभयो । 

उहाँले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ संविधान निमार्ण गरेको  यो  दुवै पाटी मिलेर मूलकमा निर्वाचन समेत  गराएकाले  दलहरूको  सहमतिमा  संविधानलाई समय अनुकूल परिमार्जन गर्दै जाने दायित्व पनि   दुवै दलको भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button