तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि आज सिफारिस गर्नुभएको छ ।

सभामुखले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा १०६ तथा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।

प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सो पद रिक्त थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button