तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका ४० प्रतिशत बढी बालबालिका विद्यालय बाहिर

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा शिक्षाको अवस्था खस्केकोमा विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।

मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आज जनकपुरधाममा आयोजना गरेको “विद्यार्थी भर्ना तथा टिकाउ दरसम्बन्धी चुनौती र समाधानका उपाय” विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरूले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले मधेश प्रदेशमा धेरै बालबालिका विद्यालय बाहिर रहनु अर्को चिन्ताको विषय भएको बताउँदै सबै मिलेर विद्यालय बाहिरका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने तथा टिकाउने काम गर्न जरुरी रहेको बताउनुभयो ।

शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा देवी थापाले कुनै बेला मधेश प्रदेश देशमा नै शिक्षाको दृष्टिकोणले अग्रणी भए पनि अहिले पछाडि पर्नु निक्कै चिन्ताको विषय भएको बताउँदै माध्यमिक शिक्षा सुधारका लागि प्रदेश मातहत ल्याउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button