तपाईँ सुन्दै हुनुहुन्छः

छिमेकी मुलुकहरूको विकासबाट नेपालले लाभ लिन सक्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गरी उनीहरूले गरेको विकास र उन्नतिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले आज ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय शक्ति सङ्घर्षमा नेपाल सामेल नहुने र सधैँ शान्तिको पक्षमा रहने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले आर्थिक विकासको अन्तर्राष्ट्रिय दौडमा नेपाल सामेल नभए पनि शक्तिशाली राष्ट्रबिचको टकराबका कारण नेपालले क्षति बेहोर्नुपर्ने अवस्था आउन नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई अगाडि बढाउन र देशको राजनीतिक, आर्थिक तथा सामाजिक सांस्कृतिक प्रणालीलाई बलियो बनाउन आफूहरू प्रयासरत रहेको बताउनुभयो ।

जननेता मदन भण्डारीको ७३ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको राजनीतिक विचार जनताको बहुदलीय जनवाद आजको समयमा समेत उत्तिकै सान्दर्भिक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button