तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने महासचिव पोखरेलको भनाइ

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताउनुभएको छ ।

स्व भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आज नङ्खेलस्थित नवदुर्गा सामुदायिक वन परिषद्मा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले भण्डारीले देश र जनताको लागि लिएको नीतिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

एमालेभित्र पलाएको गलत जीवनशैली, आनीबानी, आचरण र व्यवहारलाई सुधार्दै पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको भन्दै महासचिव पोखरेलले देशलाई समाजवादमा प्रवेश गराइ समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले स्व भण्डारीका विचारलाई अनुसरण गरी एमालेलाई थप एकताबद्ध बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायतले मदन भण्डारीको योगदान र विचारको सान्दर्भिकताबारे धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button