तपाईँ सुन्दै हुनुहुन्छः

एसइई नतिजा : झापामा आधाभन्दा बढी ग्रेडविहीन

झापा । झापामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ७ हजार ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कूल सहभागीको ४७.३७ प्रतिशत हो ।

एसइईमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षार्थी सहभागी थिए । ८ हजार १३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् ।

दुई विषयमा अनुत्तीर्ण परीक्षार्थी समेतलाई नन ग्रेडिङमा गणना गर्दा ८ हजार १३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएकाहरूले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने परीक्षार्थी ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने परीक्षार्थी २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने परीक्षार्थी २ हजार ९७२, २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी १ हजार १०३ जना र २.० देखि २.४० जिपिएसम्म ल्याउने परीक्षार्थीको सङ्ख्या ४५ जना रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button