तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

जुम्ला । पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

गए राति परेको वर्षाले पहिरो जाँदा कालिकोटको सीमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो ।

कालीकोट खण्ड अवरुद्ध हुँदा यो कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन आज बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन केसीले बताउनुभयो ।

“कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ ।”, उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button