तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

झापा । झापामा खोलामा डुबेर हिजो बिहीबार एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान पानीमा डुबेर जिल्लाको शिवसताक्षी नगरपालिका–२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको छ । घरको पूर्वपट्टि खेतमा जमेको पानीमा डुबेर उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ । बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको प्रहरीले जनाएको छ । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय परिचालन भएको प्रहरीले जनाएको छ ।

यसअघि बुधबार गौरीगञ्जमै स्थानीय कमल बनियानी खोलाले बगाउँदा स्थानीय झोलुङ्गे टोलका वेद विश्वकर्माका १३ वर्षीय छोरा मिलन विश्वकर्मा बेपत्ता भएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button