तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

राजमार्गको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।
दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले कर्णाली राजमार्ग अन्तर्गत पालेतडा–पादुका खोला बीचको खण्डको विभिन्न पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनका अनुसार अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी को टोली परिचालन गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button