तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगु  ।  मुगुमा  बिहीबार  भिर बाट खसेर एक जनाको मृत्यु भएको छ ।

छायाँनाथ रारा नगरपालिका  वडा नं-७  आल्लाधुन भन्ने स्थानमा  वडा नं-७ कै साहानीवाडाका  ५९ वर्षीय गोविन्द साहनीको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

मृतक साहनीको भिरबाट लडेर घटना स्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ ।  

घटना  बिहीबार दिउँसो भएपनि प्रहरीलाई स्थानीयले २ बजेर ४५  मिनेटमा खबर गरेको  प्रहरीले बताएको छ ।  

खबर थाहा पाउनासाथ नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेर आवश्यक प्रक्रिया गरी शवलाई पोस्टमार्टमको लागि  हिजो नै जिल्ला अस्पताल ठिनी ल्याई  आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button