तपाईँ सुन्दै हुनुहुन्छः

यातायात कार्यालय झापाद्वारा ११ महिनामा ८५ करोड राजस्व सङ्कलन

भद्रपुर, झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा  ८५ करोड ७५ लाख ५४ हजार ५८९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु. ६९ करोड ७७ लाख ८९ हजार ७७९, प्रशासनिक सेवा शुल्कबापत रु. एक करोड ७९ लाख ९३ हजार १८३, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. १४ करोड १६ लाख ८८ हजार १६७ राजस्व असुली गरेको छ ।

कार्यालयले जेठ महिनामा मात्रै छ करोड २४ लाख ४० हजार ४१७ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

चालु आवको ११ महिनाको अवधिमा नौ हजार ५४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार ११९ सवारी नवीकरण भएका लुइँटेलले जानकारी दिनु भयो । सोही अवधिमा १२ हजार ३२२ नयाँ चालक अनुमतिपत्र, १६ हजार ५४८ को नामसारी, १० हजार २६३ सवारी जाँचपास भएको छ । चालु आ. व.को  ११ महिनामा छ हजार ७१४ मोटरसाइकल दर्ता हुँदा एक हजार ६३८ इ–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button