तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी,तीनको मृत्यु 

मकवानपुर । जङ्गली च्याउ खाँदा हेटौँडामा एकै परिवारका पाँचजना बिरामी भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, हेटौँडा-१९ बसामाडीका ३६ वर्षीय श्याम बहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमाया बल र ३४ वर्षीय तुल बहादुर मोक्तान जङ्गलबाट ल्याएको सल्ले च्याउ खाएपछि बिरामी परेका हुन्।

बिरामीहरूको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। यसैबीच, जिल्लामा पछिल्लो एक महिनामा जङ्गली च्याउ खाएर तीन जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button