तपाईँ सुन्दै हुनुहुन्छः

खोला किनारमा मत्ता हात्ती मृत भेटियो

झापा । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं-३ को धरधरे टोल सुकेनिन्दा खोला किनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानवासीले खोलामा मरेको हात्ती देख्ने बित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त  टोली खोला किनारमा पुगेको छ । 

झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशु विशेषज्ञ टोली आउने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button