तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीद्वारा खिचिएका फोटो प्रदर्शनीमा 

बर्दिया । बर्दियाको गुलरिया १ मा रहेको नेपाल राष्ट्रिय शम्भुसरण माध्यमिक विद्यालयका विद्यार्थीहरूले महिनावारी स्वच्छता तथा खानेपानी सरसफाई सम्बन्धी खिचिएको फोटो आज प्रदर्शनी गरिएको छ । हानिकारक अभ्यासको रुपमा समुदायमा रहेको अवस्था तथा व्यवहारलाई झल्काउनका लागि खिचिएको फोटो प्रदर्शन गरिएको हो । 

विद्यार्थीहरूलाई ६ दिने फोटोग्राफी सम्बन्धी तालिम प्रदान गरेर १५ दिन सम्म आफ्नो समुदायमै फोटो खिच्न लगाइएको थियो । विद्यार्थीले खिचेको फोटोलाई प्रदर्शनीमा राखेर सरोकारवाला, स्थानीय पालिका, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूलाई अवलोकन गराई अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

विद्यालय तथा समुदायमा छुवाछुत, भेदभाव र महिनावारी स्वच्छता सम्बन्धी हानिकारक अभ्यासहरू कायम रहेको कथा झल्कने फोटो प्रदर्शनीमा राखिएको छ । फोटो अवलोकन गर्दै गुलरिया नगरपालिकाकी नगरउपप्रमुख सावित्रा गौतमले समुदायको यथार्थ कथा बोकेका फोटो प्रदर्शनीमा राखिएको बताउनु भएको छ । यसले विद्यालय तथा समुदाय स्तरमा सचेतनाका कार्यक्रमहरूको आवश्यकता झल्काएको बताउनु भएको छ । उहाँले आगामी आर्थिक वर्षबाट नीति तथा कार्यक्रम बनाई बजेटको व्यवस्था गर्न पालिका सकारात्मक रहेको बताउनु भएको छ । 

विद्यार्थीहरूले सरसफाईका लागि आफ्नो विद्यालयमा गुणस्तरीय स्यानेटरी प्याड, प्याड व्यवस्थापन, सुरक्षित र गोपनीय आराम कक्ष, हात धुने तथा शुद्ध खानेपानीको व्यवस्था हुनु पर्ने माग गर्नु भएको छ । 

बर्दियाका ४ वटा स्थानीय पालिकाहरूसँगको समन्वयमा बेस बर्दिया, वाटर एड, राष्ट्रिय अपाङ्ग महासङ्घ र एन.एफ.सि.सि.को साझेदारीमा सञ्चालित वास गेन परियोजनामा सञ्चालित रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button