तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीका कारण बटुवाको मृत्यु, वीरगंजमा विद्यार्थी बेहोस

वीरगञ्ज । प्रचण्ड गर्मीको कारण मध्य तराईका बारा, पर्सा, रौतहटको जनजीवन प्रभावित भएको छ ।

रौतहटमा सडकमा साइकल चलाएर हिँडिरहेका एक बटुवाको बेहोस भएर मृत्यु भएको हो ।

अत्यधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका–८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादव साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेको अवस्थामा बकैया नदीको पुलमा बेहोस भई ढलेको र उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकल रोकेर पुलमै छेउतिर ढलेका यादवको घटना स्थलमै मृत्यु भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टोली घटनास्थलमा पुगेको थियो ।

यसैबिच विगत केही दिन यता अत्यधिक गर्मी बढेसँगै बारा, पर्सा, रौतहट लगायत मध्य तराइको जनजीवन प्रभावित भएको छ ।

गर्मीका कारण स्कूले बालबालिका र मजदुरहरू बढी प्रभावित भएका छन् । वीरगञ्जका विद्यालयमा समेत बालबालिका बेहोस हुन थालेपछि अभिभावकहरूले विद्यालय केही दिनका लागि बन्द गर्न महानगरपालिकालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button