तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीले पठनपाठन बन्द

बाँके । पछिल्लो समय बाँकेमा अत्यधिक  गर्मी बढेपछि नेपालगन्जका विद्यालयहरू चार दिनका लागि बन्द गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा गर्ने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभएको छ । नेपालगन्जमा केही दिनदेखि गर्मी बढेको छ । यहाँको तापक्रम ४१ डिग्री बढी रहेको छ । गर्मी अझै बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीसँगै लु चलेको छ ।

अत्यधिक गर्मीले बाहिर काम गरेर गुजारा चलाउने मजदुर किसानलाई धेरै प्रभाव पारेको छ । गर्मीले गर्दा नेपालगन्जमा दिउँसो बाहिर निस्किन छोडिएको छ । स्वास्थ्यकर्मीले पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र पानीलगायत झोलिलो खानेकुरामा जोड गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button