तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ ।

जिल्लाभर १४ हजार ९ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाइने लक्ष्यका साथ अभियान आज आइतबारबाट सुरु भएको हो ।

१२ पालिका रहेको सिन्धुपाल्चोकमा अधिकांश पालिकाभित्रका विद्यालयहरूमा केन्द्र व्यवस्थापन गरेर अभियान सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

२०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक जिल्लाका १२ वटै स्थानीय तहमा रहेको अधिकांश विद्यालयहरूमा खोप केन्द्र सञ्चालन गरि बालबालिकालाई खोप लगाइउने अभियान सञ्चालन भएको जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । जसको लागि १० हजार ६ सय ६९ जना विद्यालय क्षेत्रका बालबालिका सम्पर्क रहेको उहाँको भनाइछ ।

धेरै जसो बालबालिका विद्यालयमा भेटिने र विद्यालय बाहिर रहेका ६९ जनालाई पनि खोपको पहुँचमा ल्याइने भएको छ । छुटपुटको खोजी गरि अभियानपश्चात् पनि स्वास्थ्य केन्द्रमा खोप दिने व्यवस्था मिलाइएको जनस्वास्थ्य प्रमुख बजगाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button