तपाईँ सुन्दै हुनुहुन्छः

साउदी अरेबियाले सन् २०२७ मा ११औँ विश्व पानी फोरमको आयोजना गर्ने

जाकार्ता । इन्डोनेसियाको बालीमा भएको १०औँ विश्व पानी मञ्चको समापन समारोहमा साउदी अरेबियालाई सन् २०२७ मा हुने ११औँ विश्व पानी मञ्चको आयोजक राष्ट्रको रूपमा शुक्रबार औपचारिक रूपमा नियुक्त गरिएको छ । 

 इन्डोनेसियाको अध्यक्षतामा १०औँ विश्व पानी फोरमले तीन प्राथमिकताहरू हाइलाइट गर्ने मन्त्रिस्तरीय घोषणालाई स्वीकार गरेको छ ।

पहिलो प्राथमिकतामा क्षमता निर्माण, ज्ञान साझा र राम्रो सुविधाको उपयोग गर्न जल सुरक्षा र जलवायु प्रतिरोधका लागि उत्कृष्ट केन्द्रको स्थापना रहेको छ । दोस्रो प्राथमिकतामा साना टापुहरूमा एकीकृत जलस्रोत व्यवस्थापनको मुद्दा उठाउने र प्रवर्द्धन गर्ने तथा तेस्रो प्राथमिकतामा विश्व ताल दिवसको स्मरणार्थ प्रस्ताव रहेको छ । 

  एक सय छ देश र २७ अन्तर्राष्ट्रिय संस्थाको सहभागिता रहेको मन्त्रिस्तरीय बैठकको समापनमा उक्त घोषणा गरिएको हो । सन् १९९७ देखि हरेक तीन वर्षमा ग्लोबल वाटर एन्ड सेनिटेसन कम्युनिटी फोरम आयोजना हुँदै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button