तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सहकारी प्रकरण छानबिनका लागि संसदीय छानविन समितिको कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठकपछि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।

यसअघि, आज बसेको कार्यदलको बैठक विना निष्कर्ष सकिएको थियो । बैठकमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि समितिले छानविन गर्नुपर्ने अडान लिएपछि सहमति हुन सकेको थिएन ।

प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसद्मा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा छलफल जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button