तपाईँ सुन्दै हुनुहुन्छः

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

जनकपुरधाम । दोहरो नागरिकता लिएर कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा राख्नका लागि जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । 

जिल्ला अदालत धनुषाको इजलास नंं १ का न्यायाधीश चुरामन खड्काले सिरोहियालाई हिजोको मितिले लागु हुने गरि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको अदालतका श्रेष्तेदार कैलाश भट्टराईले जानकारी दिनु भयो । 

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्नका लागि अदालतसँग अनुमति माग गरेको भएपनि सिरोहियालाई हिजोको मितिले लागु हुने गरि ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदारले जानकारी दिनु भयो । 

सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो मङ्गलवारै कान्तिपुर मिडियाको कार्यालयबाट नै पक्राउ गरेर हिजो राति नै जनकपुरधाम ल्याएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button