तपाईँ सुन्दै हुनुहुन्छः

भौतिकमन्त्री गुरुङद्वारा आफूसँग बजेट नमाग्न आग्रह

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ(दिपक मनाङे) आउँदो आर्थिक वर्षको लागि कुनै योजनाको लागि बजेट नमाग्न आग्रह गर्नु भएको छ । नयाँ बजेट बनाउने तयारीमा जुटिरहँदा मन्त्री गुरुङले यस वर्षको बजेटमा जनताले अपेक्षा गरेका माग सम्बोधन गर्न नसक्ने भन्दै आफ्नो सचिवालयलाई नै सूचना टाँसेर आफूसँग बजेट नभएकोले बजेट माग्न नआउन आग्रह गर्नु भएको हो । 

संघीय सरकारले बजेटको सिलिङ घटाएर पठाएसँगै आफ्नो मन्त्रालयको समेत अर्बौँँ रुपैयाँको बजेट घटेकोले त्यसका लागि आवश्यक बजेट माग गर्दा कुनै सुनुवाई नभएकोले आफूसँग भन्दा बजेट माग्न आउनेहरूलाई मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री समक्ष पठाउन मन्त्री गुरुङले सचिवालयलाई निर्देशन दिनु भएको छ । 

आउँदो वर्षको लागि अपर्याप्त बजेटको सिलिङ दिएकोले आउँदो आर्थिक वर्षको बजेट माग्न आउनेहरूलाई मुख्यमन्त्री र अर्थमन्त्री समक्ष जानको लागि मन्त्रीको सचिवालयले आग्रह समेत गरेको छ ।

अघिल्लो वर्षको तुलनामा केही बजेटको सिलिङ घटेकोमा आज जनताको आवश्यक पर्ने भौतिक पूर्वाधारका विकासको लागि अब मुख्यमन्त्री र अर्थमन्त्रीले त्यसको बजेट विनियोजन सहितको बजेट व्यवस्था गर्नुपर्ने मन्त्रीको सचिवालयले एक सूचना टास गरी आफ्नो मन्त्रालयमा आएकाहरूलाई मुख्यमन्त्री र अर्थ मन्त्री समक्ष जान आव्हान गरिएको छ । 

मन्त्री गुरुङले आफ्नो मन्त्रालयलाई अघिल्लो वर्षको तुलनामा कम बजेट दिने तयारी भएको जनाउनु भयो । गण्डकी प्रदेशमा हाल ७ मन्त्रालय मध्य सबै भन्दा धेरै बजेट भएको मन्त्रालय सम्हाल्नु भएको उहाँले यस अघि पटक पटक खेलकुद मन्त्री हुनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button