तपाईँ सुन्दै हुनुहुन्छः

दैलेख सदरमुकाममा आगलागी, करोड बढीको क्षति

दैलेख । दैलेख सदरमुकामको नयाँ बजारमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको छ ।

हाई स्कुलको मेन गेट अगाडी रहेको साजन अटो पार्ट्समा लागेको आगो अन्य पसलमा सल्किँदा एक करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले बताउनुभयो ।

साजन अटो पार्ट्समा लागेको आगो निभाउने प्रयास गर्दागर्दै सम्झना फोटो स्टुडियो र सम्झना इन्टरप्राइजेजमा आगो सल्किएको थियो । आगलागीबाट अटो पार्ट्समा भएका सबै सामग्री जलेर नष्ट भएका छन् । सम्झना फोटो स्टुडियो र सम्झना इन्टरप्राइजेज जलेर पूर्ण रूपमा नष्ट भएको डिएसपी दाहालले जानकारी दिनुभयो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा नारायण नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button