तपाईँ सुन्दै हुनुहुन्छः

कृष्ण सेनको स्मृतिमा सात जना पत्रकार पुरस्कृत 

दाङ । पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसका अवसरमा सात जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ दाङ र प्रेस सेन्टर दाङको संयुक्त आयोजना भएको कार्यक्रममा सात जना पत्रकार पुरस्कृत भएका हुन । 

नेपाल पत्रकार महासङ्घ दाङले स्थापना गरेको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कारबाट भुपेन्द्र प्रकाश वली, प्रेस सेन्टर दाङले स्थापना गरेको पुरस्कारबाट पुरन शर्मा र डिल्ली मल्ल, लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट शिबु खनाल र गिरिराज नेपाली, यस्तै प्रेस सेन्टर क्रियाशील पत्रकारिता पुरस्कारबाट सुमन केसी र सिर्जना विकलाई प्रदान गरिएको थियो । पुरस्कार प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले वितरण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली पत्रकारितामा कृष्ण सेन इच्छुकको भूमिका ठूलो रहेको बताउँदै देशमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि सेनले विद्यार्थी, राजनीति र पत्रकारिता गरेको बताएका थिए । सेनले साहित्य र पत्रकारिता मार्फत कलम चलाएको बताउँदै बिचारमा प्रतिबद्ध र व्यवहारमा लचक रहेको कार्यक्रममा बोल्नेहरूको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button