तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो प्रसारण प्रविधि सम्बन्धि दक्षता अभिवृद्धि  तालिम सम्पन्न  

दाङ । दाङको तुल्सिपुरमा रेडियो प्रसारण प्रविधि सम्बन्धि दक्षता अभिवृद्धि  तालिम सम्पन्न भएको छ । 

रेडियो प्रसार सेवा बिकास समिति रेडियो नेपालले मिति २०८१ जेठ ९ गते देखि १४ गते सम्म दाङको तुल्सिपुरमा रेडियो प्रसारण प्रविधि सम्बन्धि दक्षता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। सो तालिममा लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रसारण कार्यालय मातहतका कर्मचारीहरूलाई उत्पादन तथा प्रसारण सम्बन्धी तालिम दिएको थियो । प्रशिक्षक गिरि राज निरौला र उप-निर्देशक पुर्षोत्तम मानन्धर मानन्धरले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button