तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पपछिको पुनःनिर्माणका लागि रु २१ अर्ब ६० करोड बजेट

काठमाडौँ । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनः निर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ । बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनः निर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।

विसं २०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा क्षति गरेको थियो । ती जिल्लामा अस्थायी आवास निर्माण जारी रहे पनि स्थायी आवास पुनः निर्माणमा तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button