तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली बदल्न जरुरी’

नेपालगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली बदल्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको दोस्रो क्षेत्रीय सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै केन्द्रीय सदस्य समेत रहनुभएका नेता कोइरालाले निर्वाचन प्रणाली बदल्न दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीलाई अझ सङ्गठित बनाएर उच्च मनोबलका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभयो । आन्तरिक कमीकमजोरी हटाएर उच्च मनोबलका साथ अघि बढे काँग्रेसलाई कसैले रोक्न नसक्ने डा. कोइरालाको भनाई छ । काँग्रेसले अबका चुनाव एक्लै लड्नुपर्नेमा जोड दिँदै उहाँले चुनाव अघि हुने गठबन्धनले पार्टीलाई हित नगर्ने बताउनुभयो ।

क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रिय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button