तपाईँ सुन्दै हुनुहुन्छः

कार्कीविरुद्ध दायर रिटमा मिसिल मगाउने आदेश 

File photo

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध दायर रिटमा मिसिल कागज मगाउने आदेश गरेको छ । 

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासले अर्को सुनुवाइमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको फाइल मगाउने आदेश गरेको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमा भएको बहसमा मिसिल मगाउनुपर्ने कुरा उठेपछि इजलासले मिसिल कागज आदेश गरेको हो ।  

यसअघि, सर्वोच्च अदालतको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।  

प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै केदार कार्कीको स्थानमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

पूर्वमुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button