तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ३ अर्ब ७८ करोड बराबरको गहुँ उत्पादन

बारा । बारामा ३ अर्ब ७८ करोड बराबरको गहुँ उत्पादन भएका कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।

यस बर्ष किसानहरुले विभिन्न जातका गहुँ कुल ९० हजार मेट्रिक उत्पादन भएको थियो । किसानहरुले यस बर्ष विभिन्न जातका ९० हजार मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण प्रसादले जानकारी दिनुभयो । उत्पादित गहुँ हाल कलैया बजारमा प्रति क्विन्टल ४२ सय रहेको छ । यस वर्ष ९० हजार मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । किसानहरुले एलएस ९७१, विजय, गौतम, भृकुटी जातका गहुँ ३० हजार हेक्टर क्षेत्रफल मा खेती प्रति हेक्टर ३ मेट्रिकटनले ९० हजार मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख प्रसादले भन्नुभयो ।

गहुँखेति गर्दा किसानहरुले चाहे जति पानी नपर्दा भूमिगत सिँचाईको भरमा खेती गरेको हुँदा यस बर्ष उत्पादनमा कमी आएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष कृषकहरूले कुल २९ हजार ७सय हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती प्रति हेक्टर ३ मेट्रिक टनको दरले कुल ८९ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख राजारयणले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button