तपाईँ सुन्दै हुनुहुन्छः

इलाम–२ मा ५४ प्रतिशत मतदान

इलाम । इलाम निर्वाचन क्षेत्र–२ मा हाल सम्ममा ५४ प्रतिशत मत खसेको छ ।

१ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेको इलाममा दिउँसो ४ बजे सम्ममा ५४ प्रतिशत मतदान भएको हो ।

जम्मा पुरुष ५६८६९ र महिला ५६८६९ ले मतदान गरिसक्नुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै केन्द्रमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिनुभयो । ६ पालिकाका ४२ वटा वडामा मतदान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button