तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा महोत्सव भोलि देखि सञ्चालन हुँदै

बाजुरा । सुदूर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गर्न लागेको “बाजुरा महोत्सव,बार्जु उत्सव” को तयारी अन्तिम चरणमा पुगेको छ । 

जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सवको  तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 

सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा भोलि देखि सञ्चालन हुने महोत्सवका लागि स्टल,मञ्च व्यवस्थापन लगायतका कार्य तीव्र रुपमा भइरहेको मुल आयोजक समितिका अध्यक्ष हर्क खडायतले बताउनु भयो । 

जिल्लाको पहिचान झल्किने गरी आयोजना गरिने महोत्सवमा मनोरञ्जनसँगै जिल्लाको पहिचान र कला संस्कृतिको प्रवर्द्धन ,धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार पनि गरिने अध्यक्ष खडायतको भनाइ छ। 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार सहभागी हुने भएका छन् ।

स्थानीय संस्कृति झल्काउने भुवा,अनन्ते,गौरा,स्थानीय उत्पादनबाट बनेका डोका,डाला, लगायतका सामग्रीहरु समेत प्रदर्शनमा राखिने सुदूर साहित्य प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओलीले जानकारी दिनुभयो ।

वैशाख २८ गतेबाट सञ्चालन हुने महोत्सव जेठ ८ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button