तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको क्षेत्रमा सरकारले लगानी बढाउने

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको सूचना प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिसँगको अन्तरक्रियामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी बनाउन समसामयिक परिमार्जनको कार्य अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा एसियाली मुलुकका १७ राष्ट्रका आइटी उद्योगका प्रतिनिधिहरूले सूचना र प्रविधिको विकासमा भएका अनुभवहरू आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button