तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गलमा लागेको आगो विद्युत् सब-स्टेसनमा पुग्दा करोडौँको क्षति 

गुल्मी । पछिल्लो केही दिन यता  गुल्मी जिल्लाका विभिन्न सामुदायिक बनमा आगलागीका घटनाहरू बढ्दै गएका छन् । त्यसै क्रममा जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर–४ वीर बास स्थित रुङखादह सामुदायिक जङ्गलमा लागेको आगो विद्युत् सव स्टेशन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरू जलेर नष्ट भएको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताउनुभयो । जङ्गलमा लागेको आगो विद्युत् शव स्टेसनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ ।  

सब-स्टेसन क्षेत्रमा आगो निभाउने कार्यमा लागि परेकाले अहिलेलाई अनुमानित डेढ करोड बराबरको तार जलेर नष्ट भएको अनुमान गरिएको पोखरेलले बताउनुभयो । जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतिकरण गर्ने लक्ष्यले त्यस स्थानमा सामाग्री राखिएको थियो । 

आगोलागि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरू, दमकल सहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button