तपाईँ सुन्दै हुनुहुन्छः

पाल्हिनन्दनमा आगलागी हुँदा १० घर जलेर नष्ट 

नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको पाल्हिनन्दनमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् ।

पाल्हिनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आगलागीमा ८ वटा बाख्रा पनि मरेको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो ।

गर्मी बढेसँगै हावाहुरी चल्दा तराइका जिल्लामा आगलागीको जोखिम थप बढेको छ । जिल्लाका ७ स्थानीय तहमध्ये २ वटा स्थानीय तहसँग मात्र दमकल रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button