तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभा बैठक स्थगित, प्रतिपक्ष दलका सांसदद्वारा बहिष्कार 

पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैठक बहिष्कार गरे पछि उक्त बैठक स्थगित भएको प्रदेश सचिवालयले जनाएको छ । 

प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुख कृष्ण धितालले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताउनु भएको छ । आजको बैठक सुरु भएसँगै बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गर्नु भएको थियो तर प्रतिपक्ष दलका सांसदहरु सहभागी नभएको हुँदा बैठक स्थगित भएको हो । केही समय प्रतिपक्ष दलका सांसदलाई बैठकमा आउन उहाँले गरेको आग्रहमा कोही पनि नआए पछि सभामुखले बैठक स्थगित भएको जानकारी गराउनु भएको हो । सभामुखले तीनपटक प्रतिपक्ष दलका सांसदहरूलाई सभाहलमा आउन आग्रह गर्नु भएको थियो । 

नेपाली काँग्रेसले नयाँ सरकार गठनको विषयमा सर्वोच्च अदालतमा दिएको रिटको आधारमा हाल विचाराधिन अवस्थामा प्रदेश सभा बैठक बोलाउनु पुनः अर्को अवैधानिक कदम भएको काँग्रेसले बिरोध गर्दै आएको छ । विचाराधिन मुद्दा फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै काग्रेंसले बैठक बहिष्कार गरेको हो । 

गत चैत २२ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा खगराज अधिकारी नेतृत्व टोलीले सभामुख सहित ३१ मतको आधारमा सरकारको दाबी पेश गर्नु भएको थियो । दल सङ्ख्याको आधारमा आफूहरूले सरकारको दाबी गरेको एमालेले जनाएको छ । अहिलेको सरकारले एक पछि अर्को अवैधानिक कदम चाल्दै अघि बढेको प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button