तपाईँ सुन्दै हुनुहुन्छः

लहानमा आर्यघाट निर्माण हुने 

लहान । सिरहाको लहान नगरपालिका वडा नं–४ स्थित रहेको खुट्टीखोलामा आर्यघाट निर्माण हुने भएको छ । नगर प्रमुख महेश प्रसाद चौधरी र उप–प्रमुख रामचलितर महतोले आज संयुक्त रुपमा आर्यघाटको विधिवत् रूपले शिलान्यास गर्नुभयो ।

२ करोड ५० लाखको कुल लागतमा १८ महिना भित्र सम्पन्न हुने गरि आर्यघाट निर्माण गर्न सूर्य कुण्ड र गोपी कृष्ण जेभी काठमाण्डौले ठेक्का पाएको हो ।

मानवजातीको मृत्युवरण पश्चात् भौतिक शरीरलाई व्यवस्थित रुपमा दाहसंस्कार गर्ने उद्देश्यले करिब २ बिघा १० धुर क्षेत्रफल रहेको ऐलानी जग्गामा आर्यघाट निर्माण हुने प्रमुख चौधरीले बताउनुभयो ।

‘आर्यघाट निर्माणमा विगतमा विवाद रहेको थियो, स्थानीयवासीको सल्लाह अनुसार नै पुनः उक्त काम अगाडी बढाइएको हो’ भन्दै नगर प्रमुख चौधरीले भन्नुभयो ‘आर्यघाट निर्माण भएपछि जहाँतहाँ शवलाई जलाउने समस्याको समाधान हुनेछ’, पार्क जस्तो आधुनिक मेसिन र दाउराबाट शवलाई जलाउने घाट बन्नेछ, जसले गर्दा वातावरण पनि स्वच्छ हुनेछ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button