तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा निर्माणाधीन सिटिहल निर्माण कार्यमा ढिलाइ

 

बाँके । सहरी बिकास मन्त्रालय अन्तरर्गत नेपालगन्ज १४ भवानियपुरमा निर्माणाधीन सिटिहल निर्माण कार्यमा ढिलाइ भएको छ।
संघीय आयोजना कार्यालय इकाइ मार्फत सिटी हल निर्माणका लागि निर्माण कम्पनी लामा कन्स्ट्रक्सन २०७५ माघ २५ मा सम्झौता भएको थियो।

२०७५ फागुन देखि काम सुरु गरेको कन्स्ट्रक्सनले २०७८ श्रावण २५ गते काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर सिटी हलले तिन पटकसम्म म्याद थप भैइसक्दापनि निर्माण कार्य पुरा हुन सकेको छैन। सभा हलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ भने तिन पटक म्याद थप भइसकेको छ।

यस बिच निर्माणका केही काम थप हुँदा अझै बाँकी रहेकाले चौथो पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको संघीय आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख विजय केशर खनालले बताउनुभयो।

निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका अनुसार कोरोना महामारीका कारण विगतमा केही समय काम रोकिनु, आर्थिक मन्दीको प्रभाव साथै सुरुमा बजेट स्टेटमेन्टमा धेरै कुरा छुटेकाले पछि समायोजन गर्दा ढिलाइ भएको लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सुमन श्रेष्ठ बताउनुभयो।

कुल २९ करोड ४५ लाख ५५ हजार ९ सय ५१ रुपैयाँ लागतमा निर्माण भइरहेको यस बहुउपयोगि भवनमा बालकुनि सहित कुल ७ सय ९५ वटा सिट क्षमताका साथै तिन वटा कन्फ्रेस हल समेत रहेका छन् भने अत्याधुनिक थ्रेटरसहितको सभा हलमा ४ तले भवन रहेको छ।

सभा हलको अन्डरग्राउन्डमा २५ वटा चारपाङ्ग्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने गरि पार्किङको व्यवस्था गरिएको छ।
हरेक तलामा बहुउपयोगि हल थ्रेटरमा जस्तै चेन्जिङ रुम, रियल्सन प्रशासनिक हल लगायतको व्यवस्था गरिएको छ।

संघीय आयोजना कार्यान्वयन इकाई अन्तरगतको आयोजना सम्पन्न भएपछि नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भनिएपनि स्पष्ट कार्यविधि नहुँदा कसलाई हस्तान्तरण गर्ने भन्ने अन्योल अझै कायमै छ।

पश्चिम् तराईमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सभा सम्मेलन गोष्ठी, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न बहुउपयोगि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button