तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बस दुर्घटनाका ४ जना घाइतेलाई कोहलपुर ल्याइयो

बाँके । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय चित्रा पुन, निजका ६ वर्षीय छोरा रमेश पुन मगर र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरेपछि कोहलपुर ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button