तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बस दुर्घटना: १४ जना घाइते

सल्यान ।  सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्  । बुधवार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रुकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङमा दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् । 

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।उद्धारको काम भर्खर सकिएकाले घाइतेहरूको विवरण सङ्कलनको काम भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button