तपाईँ सुन्दै हुनुहुन्छः

बारामा गाडीको ठक्करबाट  प्रहरी जवानको मृत्यु

बारा । बाराको सिमरामा तेल ट्याङ्करले मोटरसाइकललाई  ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार हुनुहुन्छ । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गएराती  परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ स्थित नेपाल टेलिकम  नजिक राजमार्गमा  पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button