तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्री भोली विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली मधेश प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको छ ।

मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिर हुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिन लाग्नु भएको छ ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेश प्रदेश सभाबाट नेपाली काँग्रेस बाहिर गएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको छ । मधेश प्रदेश सभामा मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत भएपनि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लाग्नु भएको छ ।

मधेश प्रदेश सरकारमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा रहेकाले सरकारसँग स्पष्ट बहुमत रहेको भएपनि संविधानको प्रावधान अनुसार विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिन लाग्नु भएको छ ।

मधेश प्रदेश सभामा नेकपा एमालेका २५, जनता समाजवादी पार्टी नेपालका १९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ , नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका १, नागरिक उन्मुक्ति पार्टी १ र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभाका सदस्य रहेका छन् ।

मधेश प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका २२ र जनमत पार्टीका १३ जना सदस्य रहेका छन् । यी दुई पार्टीको मत मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा जाने सम्भावना रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button