तपाईँ सुन्दै हुनुहुन्छः

इरान र रुसको ‘आतङ्कवाद’ विरुद्ध संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार इजरायलमाथि तेहरानको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले रुस र इरानको ‘आतङ्कवादी’ हमलाका लागि संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ । 

“इरानको कारबाहीहरू पूरै क्षेत्र र संसारलाई खतरा हो, जस्तो रुसको कारबाहीबाट ठूलो सङ्घर्षको खतरा छ”, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभएको छ, “आतङ्कवाद फैलाउनमा दुवै शासनबीचको स्पष्ट सहयोगले संसारबाट दृढ र एकजुट प्रतिक्रियाको सामना गर्नुपर्छ, युक्रेन शाहिद ड्रोन र मिसाइलमार्फत इजरायलमाथि इरानको आक्रमणको निन्दा गर्दछ ।”

रुसले युक्रेनविरुद्ध युद्धमा ठूलो सङ्ख्यामा इरानी ड्रोनको प्रयोग गरेको छ तथा जेलेन्स्कीले युक्रेन र इजरायलको अनुभवलाई जोड्नुभएको छ । “हामीले युक्रेनमा रुसले गरेको यस्तै प्रकारको आक्रमणहरूको भयावहतालाई राम्रोसँग जानेका छौँ, रुसले पनि उस्तै हवाई हमलाको रणनीतिमार्फत समान ‘शाहिद’ ड्रोन र रुसी मिसाइलहरूको ठूलो मात्रामा प्रयोग गर्दछ ।”

युक्रेनमा धेरै मानिसले मिसाइल र ड्रोन हमलालाई रोक्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई उद्धृत गर्दै शनिबार इजरायलका लागि आएको पश्चिमी समर्थन युक्रेनका लागि आएको समर्थनभन्दा धेरै भएको गुनासो गरेका छन् । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘ठोस सहायता’ ले मात्र मिसाइल र ड्रोन हमलालाई रोक्न सक्ने बताउनुभयो । साथै उहाँले युक्रेनका लागि अमेरिकी युद्ध सहायता जारी राख्न अपिल गर्नुभयो । अमेरिकी काँग्रेसमा लामो समयदेखि उक्त सहायता प्याकेज रोकिएको छ । 

“अमेरिकी काँग्रेसले यो महत्त्वपूर्ण समयमा अमेरिकाका सहयोगीहरूलाई बलियो बनाउनका लागि आवश्यक निर्णय लिनेछ भन्ने महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button