तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी प्रहरीको नियन्त्रणमा 

झापा । झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले गिरीलाई शनिवार साँझ नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका अनारमनीमा चैत २८ गते जाहेरी दिनुभएको थियो  ।

सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएको आरोपमा उजुरी  परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button