तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौँ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने भएको छ ।

काँग्रेस संसदीय दलको बैठक भोलि वैशाख २ गते बिहान ८ बजे बस्ने छ । त्यसअघि पार्टीको संसदीय दल कार्यसमितिको बैठक बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान साढे ७ बजे र त्यसपछि संसदीय दलको बैठक बस्ने छ ।

सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राख्दै आएको नेपाली काँग्रेसले भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय पछि संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button