तपाईँ सुन्दै हुनुहुन्छः

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान भएको छ ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरियाका राष्ट्रपति,  युन सुक येओल, त्यहाँको सरकार र कोरियाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । 

बधाई सन्देशमा प्रधानमन्त्री प्रचण्डले दुई देशबीच पारस्परिक सम्मान र सद्भावनामा आधारित सम्बन्ध हार्दिक  एवं मैत्रीपूर्ण रहेको बताउनुभएको छ ।

त्यसैगरी बधाई सन्देशमा गणतन्त्र कोरियाका राष्ट्रपति  येओलले  नेपाल सरकार र जनतामा शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरूमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button