तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी हाफ म्याराथनमा  नेपाली सेनाका मुकेश बहादुर पाल विजेता

धनगढी  । दशौं संस्करणको धनगढी हाफ म्याराथनको उपाधि नेपाली सेनाका मुकेश बहादुर पालले जितेका छन् । निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ७ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै पाल हाफ म्याराथन प्रतियोगिताको विजेता भएका हुन् । उपाधि जितेका पालले नगद ६६ हजार ६६६ रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा दुर्गाबहादुर बुढा दोस्रो र नरेन्द्रसिंह रावल तेस्रो भएका छन् । बुढाले १ घण्टा ८ मिनेट १२ सेकेन्ड र रावलले १ घण्टा ८ मिनेट ४९ सेकेण्डमा निर्धारित दुरी पूरा गरेका छन् । दोस्रो भएका बुढाले ४४ हजार ४४४ रुपैयाँ र तेस्रो स्थान हात पारेका रावलले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरेका छन् । हाफ म्याराथन धनगढी रङ्गशालाबाट शुरु भई सहिद गेट हुँदै गेटा मनहरा पुल पुगेर पुन : धनगढी रंगशाला पुगेर समापन भएको थियो । अब धनगढी दौडिन्छ भन्ने नाराका साथ धनगढी जेसिजले नयाँ वर्षका अवसरमा वैशाख १ गते प्रत्येक बर्ष हाफ म्याराथन आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button