तपाईँ सुन्दै हुनुहुन्छः

लामाचौर कप राष्ट्रिय पुरुष भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

पोखरा । पोखरामा शनिबार सम्पन्न भएको लामाचौर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८१ मा विभागीय टिम नेपाल पुलिस क्लबले उपाधि जितेको छ । इन्द्र राज्य लक्ष्मी माविको खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा पुलिसले सशस्त्र पहरी बलको एपिएफ क्लबमाथि ३–२ को सेटमा पराजित गर्दै उपाधि सहित एक लाख ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो सेट आफ्नो पोल्टामा २५–१६ मा पार्न सफल भयो भने दोस्रो सेटमा एपिएफसंग पुलिस २५–२१ मा हार्न पुग्यो । तेस्रो सेटमा पुलिसले एपिएफ माथि २५–१९ को जित निकाल्दा चौथो सेटमा भने एपिएफले २५–२२ को सेटमा पुलिसलाई पराजित गरेको हो । पाँचौँ सेटमा पुलिसले एफिएफलाई १६–१४ मा जित निकाल्दै दोस्रो पटक उपाधि रक्षा गरेको हो । शुक्रबार प्रकाश नपुगेर स्थगित भएको फाइनल खेल पुनः शनिबार भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ भने एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ ।
त्यसै गरी महिला तर्फको उपाधि भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा न्यू डायमन्ड एकेडेमीलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । उपविजेता डायमन्डले भने १ लाख प्राप्त गरेको छ । ४ टिम सहभागी भएको महिला तर्फको प्रतियोगितामा एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ । घरेलु टिम गण्डकी टिम अन्तिम भएको हो । फाइनल खेल अवलोकन गर्न दर्शकको उल्लेख सहभागिता रहेको नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनुभयो ।
भदौ १९ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको राष्ट्रिय रेफ्रि नारायण भण्डारीले बताउनुभयो । फाइनल खेल अवलोकन गर्न दर्शकले ३ सय रुपैयाँ शुल्क तिर्नु भएको प्रचार संयोजक दिनेश भण्डारीले जनाउनुभयो । समाजले महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button